११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

बडा दशैंको विसर्जन गरियो

काठमाडौं । हिन्दुहरुको महानपर्व बडा दशैं विसर्जन गरिएको छ ।

गत असोज १७ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन भएको हो । बडादशैं समापन भएसँगै टीका ग्रहण कार्य पनि यसपालीलाई सकिएको छ ।

नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखि समापन गरिएको हो ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गर्दै रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर बिहीबार दुर्गा पक्ष अर्थात बडा दशैंलाई बिदा गर्ने चलन रहेको छ ।

यस वर्ष कात्तिक १ गते बिहीबार पूर्णिमा व्रत परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ ।

कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गर्दै दशैं विसर्जन गरिएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि