११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

विदेशमा मृत्यु भएका व्यक्तिको परिवारका लागि आर्थिक सहयोगमा बृद्धि

१ कार्तिक,  काठमाडौं । असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम बृद्धि हुने भएको छ ।

सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ । नियमावली संशोधन भएपछि सात लाख रुपैंयाँबाट बढाएर १० लाख बनाइएको हो ।

वैदेशिक रोजगार बोर्डका अनुसार असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो ।

बोर्डका अनुसार मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइनेछ। वैदेशिक रोजगार नियमावली २०६४ को छैटौं संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतबापत प्राप्त गर्दै आएका छन् ।

सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि