११ माघ २०८२, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

ताइवानको तटमा चीनको सैन्य अभ्यास, तनाव वढ्यो

एजेन्सी । चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । पीपुल्स लिबरेसन आर्मी (पीएलए)ले उक्त अभ्यास गरेको हो ।

उक्त अभ्यासले चीन र ताइवानबीच तनाव बढाएको छ । ताइवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि स्थिति असामान्य बनेको हो ।

बेइजिङले ‘स्वर्ड–२०२४ बी’ नाम दिएको अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् । उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।

चीनले यसअघि पनि ताइवानको वरिपरि ठूलो युद्ध अभ्यास गरेको थियो । चीनले उक्त टापु आफ्नो दाबी गर्दै आएको छ ।(सीसीटिभी प्लस/एनएनबी)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि