११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

मनकामना केवल कार तीन दिन बन्द रहने

काठमाडौं । मनकामना केबलकार तीन दिनसम्म बन्द हुने भएको छ । भोलि मंगलबारदेखि तीन दिनसम्म केवलकार बन्द हुने सूचना जारी गरिएको छ ।
मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते केबलकार बन्द गर्न लागिएको हो।

मनकामना दर्शन प्रालि सूचना जारी गर्दै दसैँको नवमी, दशमी र एकादशीको दिन पनि केबलकार बन्द गरिएको थियो भने द्वादशीको एक दिन भने केबलकार चलाइएको छ।

केबलकारको सेवालाई हालैमात्र डिजिटलाइज्ड सिस्टममा स्तरोन्नती गरिएको छ। त्यसका लागि नयाँ तार फेर्नुपर्ने, लठ्ठाहरुलाई छोट्याउनुपर्ने लगायतका काम बाँकी छन्।

ती काम असोज २९ र ३० गते काम सकिने अनुमान छ। १ गते विश्राम गरेर कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि