११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

दशैंको दुई दिन नेपाल प्रहरीको निःशुल्क बस संचालन

काठमाडौं । नेपाल प्रहरीले दशैँमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस संचालन गरेको छ ।
प्रहरीले आज शुक्रबार र भोलि शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रुटमा निःशुल्क बस संचालन गरेको हो। प्रहरीले त्यसका लागि रुट तोकेरै दुई वटा बस संचालन गरेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले दशैँमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा संचालन गरिएको हो।
प्रहरीले हरेक वर्षको दशैँमा सर्वसाधारणको सुविधाका लागि बस सेवा संचालन गर्दै आइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि