११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

पदभार ग्रहणपछि नवनियुक्त प्रधानन्यायाधीशले सुनाए पाँच बुँदे योजना

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिह राउतले पदभार ग्रहण
छन् । आइतबार प्रधान्यायाधीश कार्यालय सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले प्रधानन्यायाधीश जस्तो हैसियतमा पुग्नु आफ्ना लागि ऐतिहासिक दिन बनेको बताए । नेपालको न्यायालय अहिले लयमा फर्किएको भन्दै उनले त्यसलाई समृद्ध बनाउनका लागि आफुहरु लागिपरिरहेको बताए ।
उनले भने,‘मेरो लागि आज ऐतिहासिक दिन हो । किनभने देशको प्रधानन्यायाधीशको हैसियतमा छु । नेपालको न्यायालय अहिले लयमा फर्किएको छ ।सुखद् र गौरवको विषय हो । यसलाई समृद्ध बनाउनु पर्छ । त्यसको लागि हामी लागि परेका छौं ।’
उनले आफ्ना पाँचवटा बुँदाहरु लक्ष्यको रुपमा सुनाउँदै त्यसलाई जसरी पनि पूरा गर्ने प्रतिवद्धता जनाए ।
उनले भने,‘पाँच वटा बुँदाहरु लक्ष्यका रुपमा निर्धारित गरेका छौं । छिटो छरितो गुणस्तरीय न्याय, न्यायमा पहुँच, न्यायीक सुशासन,जनआस्थामा अभिवृद्धि,सूचना प्रविधिको प्रचुर प्रयोग र मानव संसाधन र भौतिक पूर्वाधार पूर्वाधार लक्ष्य हुन् र पवित्र पनि छन् ।’
उनले आफूले पहिले पनि राज्यको चौथो अंगको रुपमा काम गरेको भन्दै अब पनि त्यही अनुरुप काम गर्ने बताए । उनले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि