११ माघ २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ ।

बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ ।

समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको छ ।

संवैधानिक परिषदको गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीश तथा सेवा लम्साल र चित्रलेखा यादवलाई क्रमशः बेल्जियम र अष्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको थियो ।

समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वयविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको छ ।

समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध एक–एक उजुरी परेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि