११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाज

चरिकोटदेखि कुरीसम्म केवलबार संचालन गर्न आवश्यक

१५ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले दोलखा पर्यटक र लगानीको हिसाबले ठूलो सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको दोलखाको पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया कार्यक्रममा उनले दोलखालाई पोखरा जस्तो पर्यटकीय क्षेत्र बनाउन सकिने भन्दै यसका लागि नीति निर्माता र पर्यटन व्यवसायीले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘पोखरामा जस्तो खालको आकर्षण छ त्यस्तै आकर्षक दोलखामा देखेको छु । दोलखामा सबथोक पनि पर्यटनको व्यवस्था नभएको कारण चर्चामा नआएको कुरामा सबै नीति निर्माता, पर्यटन व्यवसायीले ध्यान दिनुपर्छ । प्राय पोखरा जाने पर्यटकलाई दोलखामा पनि ल्याउन सकिन्छ । केही स्थानमा सडकको समस्या भएर मात्र हो नत्र लगानीको ठूलो सम्भावना रहेको क्षेत्र हो ।’

जिल्लामा रहेका समस्याहरुलाई स्थानीय तहबाटै समाधान गर्ने दोलखाका संभावना र पर्यटकीय गन्तब्य बारे राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चा गर्ने काम बोर्डले गर्ने बताए । उनले चरिकोटदेखि कुरीसम्मको केबलबार अत्यन्तै आवश्यक रहेको भन्दै यसबाट चरिकोट र भीमेश्वर पनि बढि चर्चामा आउने बताए ।

उनले भने, ‘अहिले सुकुटे बिच जाने, त्यसपछि कालिन्चोक पुगेर फर्किनेहरु धेरै छन् । कालिन्चोकसम्म जाने केबलकार जसरी राखिएको छ त्यसैगरी चरिकोटदेखि कुरीसम्मको केबलबार अत्यन्तै आवश्यक छ । यसो गर्न सकियो भने कालिन्चोकसम्म जाने पर्यटक बढ्छ । यसबाट चरिकोट र भिमेश्वर पनि बढि चर्चामा आउँछ ।’

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व