११ माघ २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

गोरखाको लापुबेंशीबाट काठमाडौँ आउँदै गरेको बस शुक्रवारदेख नै सम्पर्कविहीन

१२ असाेज, काठमाडौँ । गोरखाबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।

शुक्रवार धार्चे गाउँपालिका लापुवेशीबाट काठमाडौँ आउँदै गरेको ना ४ ख २२७० नम्वरको बस हालसम्म पनि सम्पर्कमा आएको छैन ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपालटिभीअनलाइनसँग कुरा गर्दै बस बेपत्ता भएको पुष्टि गर्नुभयो । उहाँले बस धादिङको खानी खोलासम्म पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभयो ।

‘त्यो दिन राति दश बजे खानीखोला पुगेर सम्पर्क भएको थियो,’ गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रालिका अध्यक्ष नारायण खत्रीले भन्नुभयो, ‘त्यसदेखि यता सम्पर्क हुन सकेको छैन ।’

खत्रीका अनुसार मुग्लिनसम्म पुग्दा बसमा एक जना यात्रु र तीन जना स्टाफ गरी कुल चार जना सवार थिए ।

बस सम्पर्कविहीन भएको भनी खवर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

खोजी कार्यका लागि आवश्यक समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले बताउनुभयो ।

हराएको बसको खोजी कार्यमा सहयोग गरिदिन प्रालिले आग्रह समेत गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि