१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

विद्यालयहरुलाई ‘बुक फ्री फ्राइडे’ मनाउन भीमदत्त नगरपालिकाको निर्देशन

११ असोज, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु गर्न मातहतका विद्यालयहरुलाई निर्देशन दिएको छ । विद्यार्थीहरुमा निहित प्रतिभा प्रस्फुटन, व्यवहारिक ज्ञान तथा व्यक्तित्व विकासका लागि नगरपालिकाले मातहतका विद्यालयहरुमा प्रत्येक शुक्रबार ‘बुक फ्री फ्राइडे’ मनाउन निर्देशन दिएको हो ।

‘बुक फ्री फ्राइडे’ मा प्रत्येक शुक्रबार विद्यालयहरुमा हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला, चित्रकला, नृत्य, योग अभ्यास, खेलकुद लगायत व्यवहारिक सिकाइ हुने विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुनेछन् ।

विद्यार्थीहरुलाई प्रत्येक शुक्रबार व्यवहारिक, सीपमूलक ज्ञान दिन ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न लागिएको भीमदत्तका नगरप्रमुख पदम बोगटीले बताए । ‘अहिले हाम्रा युवा तथा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान, सीपमूलक ज्ञान दिनु आवश्यक छ, शैक्षिक ज्ञानसँगै उनीहरुलाई सडकमा कसरी हिड्ने ?, घरायसी काम, बोल्न, हाम्रा कला संस्कृति, संस्कार लगायतका व्यवहारिक तथा सीपमूलक कुरा सिकाउन ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।’

नगरप्रमुख बोगटीले प्रत्येक शुक्रबार विद्यार्थीहरु किताब नबोकेर विद्यालय जाने र व्यहारिक तथा सीपमूकल कुराहरु सिक्ने बताए । नगरपालिकाले प्रत्येक शुक्रबारका दिन गरेका क्रियाकलापको प्रतिवेदन तयार गरी विद्यालयमा अभिलेख राखी एक प्रति प्रतिवेदन नगरपालिकामा बुझाउन समेत विद्यालयहरुलाई निर्देशन दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि