३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

उपनिर्वाचन बारे छलफल गर्न रास्वपाले डाक्यो केन्द्रीय समितिको बैठक

११ असाेज, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक बिहान ११:३० बजेका लागि डाकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा स्थानीय तहको उपनिर्वाचन, प्रथम राष्ट्रिय भेलाको समीक्षा लगायत समसामयिक राजनीतिक गतिविधिमा छलफल हुनेछ । यसै गरी रास्वपा नेताहरूको चीन भ्रमण र पार्टी गतिविधि र महाधिवेशन केन्द्रित गतिविधिका विषयमा समेत बैठकमा छलफल गर्ने तयारी भएको झाले बताए ।

उनका अनुसार आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार नै २:३० बजे हुने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि