१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

बैतडीमा जिप दुर्घटना

११ असाेज, बैतडी । बैतडीमा जिप दुर्घटना भएको छ । बैतडीको छेलाबाट दशरथचन्द नगरपालिका-३ दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जिप बिहीबार राति डुवापानी भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिपमा ८ जना सवार रहेका बताइएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जना जिल्ला अस्पताल बैतडीमा उपचार गराएर घर फर्किसकेका छन् भने दशरथचन्द३ वरकुरालीका दिलिप नाथलाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

जिप अनियन्त्रित भई सडकबाट ५ मिटर तल खसेर सल्लाको रुखमा अड्केको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जनक ढुंगानाले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि