६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन कैलाली प्रशासनको आग्रह

११ असाेज, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कैलालीले नदी किनार र तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले जिल्लामा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको बुलेटिन अनुसार आइतवार सम्म मेघ गर्जन–चट्याङ्ग सहितको अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको जनाएको छ ।

प्रशासनद्धारा जारी सूचनामा नदी किनारमा रहेका घर टहराहरु र उक्त स्थानमा बसोबास गर्ने मानिस एवं चौपाया उच्च जोखिममा रहने सम्भावना रहेकोले सतर्कता अपनाउन र कुनै विपदजन्य घटना भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको फोन नम्बर ०९१५२१७०५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

यसैबिच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सुदूरपश्चिमका कैलाली, डोटी र अछाम जिल्लामा उच्च जोखिम रहेको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि