१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

बाढी–पहिरोको उच्च जोखिममा रात्रिकालीन बस नचलाउन आग्रह

१० असाेज, काठमाडौँ । बाढी–पहिरोको उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार उच्च सतर्कता सूचना जारी गर्दै रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आकलन गर्न कठिन हुने भन्दै उच्च जोखिम रहेका हिमाली–पहाडी जिल्लामा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको हो।

जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म चार दिन भारी एवं अति भारी मनसुनी वर्षाबाट सात वटै प्रदेशका निम्न जिल्लाहरू उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ।

विभागका अनुसार कोशीको झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ, मधेश प्रदेशका सिरहा, सप्तरी र पर्सा बाढी तथा पहिरोको उच्च जोखिममा छन्।

त्यस्तै, बागमतीका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप उच्च जोखिममा छन्। गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङलाई पनि विभागले बाढी तथा पहिरोको उच्च जोखिमको सूचीमा राखेको छ।

त्यस्तै, लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान, सुदूरपश्चिमका डोटी, कैलाली र अछाम बाढी तथा पहिरोको उच्च जोखिममा छन्।

प्राधिकरणका उपसचिव एवं प्रवक्ता डा. डिजन भट्टराईका अनुसार यी जिल्लामा विपद्का घटना बढ्न सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमान्ड पोस्टको निर्णयअनुसारका कार्यहरू गर्न/गराउन सरोकारवालालाई सचेत गराइएको हो।

धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने प्राधिकरणको अनुरोध छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि