१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

१० असाेज, काठमाडौँ । अछाममा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

जिल्लाको ढकारी गाउँपालिका–६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए।

प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार ग्रामीण सडक खराब भएकाले एम्बुलेन्सद्वारा उद्धार गर्न नसकिने भएकाले सुत्केरीको हेलिकप्टरमार्फत उद्धारगरी थप उपचारका लागि सुर्खेत लगिएको हो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि