१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

जङ्गली हात्तीले कञ्चनपुरमा पाक्नै लागेको धानबाली नष्ट

१० असाेज, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका  ५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ। स्थानीय किसान प्रतापसिंह रतोकीका अनुसार एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी  र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र  हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको बताए । साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उनले बताए।

वडा सदस्य जीवन पाण्डेयका अनुसार गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको  जानकारी दिए।

 

स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीको सहयोगमा हात्तीलाई धान खेतबाटै निकुञ्जतर्फ फर्काउन सकिएको उनले बताए । खेतबारीबाट हात्ती फिर्ता हुँदा नजिकै रहेका घरमा क्षति पनि नभएको उनले बताए ।  त्यहाका बासिन्दाले हात्तीको डरले खाद्यान्नदेखि महत्वपूर्ण कागजपत्र स्थानीयले आफन्तको घरमा सुरक्षाका लागि सारेको समेत बताए । वडा सदस्य पाण्डेयकानुसार एक साताको अवधिमा गर्जमुनीमा दुईपटक र खजुवामा दुईपटक गरी हात्तीको बथान चारपटक किसानको खेतमा छिरेको र हात्तीले पाक्न लागेको धानबाली खाएर नोक्सान गर्न थालेपछि स्थानीय रातभर पालो मिलाएर जाग्राम बस्न थालेका बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि