१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

नागरिक उड्डयन कार्यालयले भन्यो- चङ्गा, ड्रोन र बेलुन नउडाउनू

१० असाेज, काठमाडौँ । हवाई सुरक्षामा गम्भीर असर पुग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको छ ।

उड्डयन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको हो । ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।

उड्डयन कार्यालयले सूचना जारी गरी चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग नगर्न भनेको हो । यदि कसैले यो सूचनाको अवज्ञा गरे/गराएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने उड्डयन कार्यालयले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि