१० माघ २०८२, शनिबार
समाचार समाज

दार्चुलामा मलामी बोकेको जिप दुघर्टना हुँदा ३ जना घाइते

९ असाेज, काठमाडौँ । दार्चुलामा मलामी बोकेको जिप दुघर्टना हुँदा ३ जना घाइते भएका छन । गोकुलेश्वरबाट सेतिकलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५९४ नम्बरको जिप शैल्यशिखर नगरपालिका–५ ओखडानी स्थित बरमुडो भित्री सडकखण्डमा दुर्घटना हुँदा ३ जना घाइते भएका हुन ।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिष धामी, २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिँ ठगुन्ना रहेका छन् । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

उक्त जिपमा १४ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले चालक सिद्ध रावललाई नियन्त्रणमा लिएको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि