३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार समाचार

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

७ असाेज, बारा ।  बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको छ । कोल्हबी नगरपालिका– २ भलुयाहीखोरमा करिब १५ वर्षको जङ्गलीहात्ती मृतावस्थामा फेला परेको कोल्हबी सबडिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले जानकारी दिए ।

स्थानीय रमेश जिसीको धान खेतमा हात्ती मृतावस्थामा फेला परेको हो । हात्तीको घाँटीमा बिजुलीको तार बेरिएको अवस्थामा फेला परेको हो । जङ्गलमा करेन्ट के उद्देश्यले, कसले, किन लगाएको हो भन्ने कुरा अनुसन्धान भइरहेको र चाँडै विद्युतीय धराप थाप्ने व्यक्तिलाई पक्राउ गर्ने सबडिभिजन वन कार्यालयले जनाएको छ । यसअघि विसं २०८० फागुनमा समेत सोही स्थानमा करिब तीन वर्षको पोथी बाघ मृतावस्थामा फेला परेको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि