८ पुष २०८२, मंगलवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

६ असाेज, न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघको प्रधान कार्यालयमा आज आयोजित अन्तरक्रियात्मक छलफल ‘समिट अफ द फ्युचर’को अध्यक्षता गरेका छन् ।

उक्त समिटको उद्घाटन सत्रमा सहभागी भएपछि आयोजित छलफल सत्रको प्रधानमन्त्री ओलीले अध्यक्षता गरेका हुन् । यो सत्रमा दिगो विकासका लक्ष्यको कार्यान्वयन अवस्था, चुनौती र भावी योजनाबारे छलफलमा सहभागी सदस्य राष्ट्रका मन्त्री र प्रतिनिधिले आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

त्यसअघि, प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले समिट अफ द फ्युचरमा भाग लिएको थियो ।

प्रधानमन्त्री ओलीले अध्यक्षता गर्नुभएको अन्तरक्रियात्मक सत्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि