३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउन काँग्रेसले नेतृत्व गर्नुपर्छ : देउवा

६ असाेज, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका छन्।

संविधान दिवसका अवसरमा काँग्रेस महिला विभागले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा देउवाले समावेशी समानुपातिक प्रणालीलाई बलियो बनाउँदै समाजलाई अघि बढाउन काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले कुनै पनि अवस्थामा मुलुक समावेशी समानुपातिक प्रणालीबाट पछि हट्न नसक्ने धारणा राखे । उनले भने, ‘समानुपातिक र प्रत्यक्ष चुनावमा केही समस्या छन्। तर समावेशी अति आवश्यक पनि छ। यो देशमा समावेशी प्रणाली मात्रै होइन, समावेशी सोसाइटी छ‚ यसलाई अझ बढी पारदर्शी मात्र होइन, उत्तरदायी बनाउनु पर्छ।’

मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिए पनि आगामी निर्वाचनमा काँग्रेसलाई बहुमत ल्याउने गरी तयारी गर्नुपर्ने उनको भनाई छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि