३० फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार राजनीति समाचार

संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था छैन : गृहमन्त्री लेखक

६ असाेज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

संविधान दिवसको सन्दर्भमा आइतबार सिंहदरवारमा आयोजित कार्यक्रममा लेखकले संविधान जारी भएको १० वर्षमा समीक्षा गर्नुपर्ने भएकाले संविधान संशोधनको कुराले आत्तिनुपर्ने अवस्था नरहेको बताएका हुन् ।

उनले संविधान कार्यान्वयनको समीक्षामार्फत सबल र दर्लव पक्षको पहिचान गर्दै राष्ट्रिय स्तरको छलफल गरेर यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । संविधान संशोधन एउटा कार्यालयको पार्टी कार्यालयबाट नहुने भन्दै सबै राजनीतिक पार्टीकाबीचमा सहकार्यबाट संसदबाट गर्नुपर्ने उनले बताए ।

लेखकले संविधानका आधारभूत विषयका माध्यमबाट मुलुकमा दिगो शान्ति, विकास र समृद्धि गर्नका लागि मिलेर जानुपर्ने उल्लेख गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि