१० माघ २०८२, शनिबार
समाचार समाज

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

४ असोज, डोटी । डोटीमा भीरबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको जोरायल गाउँपालिका-४ नक्कुकी ३४ बर्सिया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

शुक्रवार दिउँसो साढे १२ बजेतिर जोरायल गाउँपालिका वडा नम्बर ४ स्थित पत्थरखानी भिरबाट लडेर घाइते भएकी बोहराको उपचारका क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी घरदेखि कैलालीको सहजपुर जाने क्रममा लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि