१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण

४ असोज, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ ।

गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् ।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए ।

‘म अहिले निकै अस्वस्थ भएको छ । ज्वरो आएर जिउ नै गलिरहेको छ । मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु । अहिले प्रधानमन्त्रीको विदाईको लागि एकचोटि जाउँ कि सोचिरहेको छु,’ उनले नेपाल न्युज बैंकसँग भने ।

एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौं फर्किएका थिए । विराटनगरबाट फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि