२६ फाल्गुन २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री ओली सहभागी

३ असोज, काठमाडौँ । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । उनीसँगै कार्यक्रममा सरकारका अन्य मन्त्रीहरू पनि सहभागी भए ।

कन्सर्टमा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरूसँग संविधान दिवसको खुसी साटे । प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिए ।

नागरिक र कलाकारबाट कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रूपमा मनाउन सबैमा आग्रह गरे । उनी उपस्थिति हुँदा ‘गाउँ गाउँबाट उठ…’ बोलको गीत प्रस्तुत भएको थियो ।

प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए । कन्सर्टमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिएको थियो भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि