१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

१३ जिल्लामा नयाँ सिडिओ खटिए

२ असोज, काठमाडौँ । गृह मन्त्रालयले १३ जिल्लामा नयाँ सिडिओ खटाएको छ । मन्त्रालयले बुधबार सहसचिव र उपसचिवको सरुवा गर्दै सिडिओ हेरफेर गरेको हो ।

मन्त्रालयले दाङमा कृष्ण प्रसाद लम्साललाई खटाएको छ भने दाङका सिडिओ रामबन्धु सुवेदीको मन्त्रालयमा सरुवा गरेको छ । त्यस्तै, जुम्लाका सिडिओ जय घिमिरेलाई भैरहवालाई अध्यागमनमा पठाएको छ । जुम्लामामा उपसचिव रामबहादुर शाहीलाई खटाएैका छ।

त्यस्तै, रसुवामा वेदनिधी खनाललाई हटाएर अर्जुन पौडेललाई पठाइएको छ । रामेछापमा राजु प्रसाद पौडेल, रोल्पामा रोमबहादुर महत, मुगुमा कमलप्रसाद पाण्डे, बझाङमा ओम प्रसाद भट्टराई सिडिओ बनेका छन् । हुम्लामा नारायण पाण्डेय, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, पूर्वी रुकुममा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, मुस्ताङमा विष्णु प्रसाद भुसालले सिडिओको जिम्मेवारी पाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि