१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

सीएस आरका परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा

१ असोज, काठमाडौँ । नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) का परियोजना सञ्चालन गर्न ‘एनसेल फाउन्डेसन’ घोषणा गरेको छ ।

नेपाल र नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको एनसेलले मंगलबार नेपाल यात्राको १९औँ वार्षिकोत्सव मनाउँदै उक्त फाउन्डेसन घोषणा गरेको हो ।

एनसेल फाउन्डेसनले आगामी पाँच वर्षमा कम्पनीले कम्तीमा २० करोड रुपैयाँ बराबर सामाजिक काममा योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

‘१९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान गर्दै स्वास्थ्य, शिक्षा, वातावरण लगायत विभिन्न क्षेत्रमा सामाजिक काम गरी २ अर्ब ९१ करोड ५० लाख अमेरिकी डलर० भन्दा बढीको योगदान गरेको छ,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले मंगलबार आयोजित विशेष कार्यक्रममा भने, ‘हाम्रा सबै राम्रा कामलाई एउटै उद्देश्य र छातामुनि ल्याउनु महत्त्वपूर्ण छ भन्नेमा विश्वास गरेर एनसेल फाउन्डेसन स्थापना गरेका हौँ ।’

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको ‘भिजन’ रहेको बताएका छन् ।

फाउन्डेसनको उद्देश्यमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइड कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि