१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

नदीमा बहाव बढ्दो, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

१ असोज, काठमाडौं । लगाताको मनसुनि वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँ–ठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । अहिले देशका विभिन्न क्षेत्रमा वर्षा जारी रहेकाले नदी तटीय क्षेत्रमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन संखुवासभा, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी, बझाङ र दार्चुला भई बहने केही साना नदीमा बहाव बढ्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूको सतर्कता तहभन्दा तलै रहने अनुमान छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तहभन्दा तलै रहने र सामान्य घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि