२१ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

१ असाेज,  डडेल्धुरा ।  डडेल्धुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा  सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन र नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारीका अनुसार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा  १० बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा  १० बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि