९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

विश्व बैंकले काठमाडौं उपत्यकामासँग सहकार्य गरे राम्रो सन्देश जान्छ : मन्त्री सिंह

३१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उच्च अधिकारीहरुबीच भेटवार्ता भएको छ ।

शहरी विकास मन्त्रालयमा सोमबार विहान भएको भेटमा विश्व बैंकसँगको सहकार्यमा शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालिन नेपाल शहरी शासकिय तथा पूर्वाधार आयोजनाका विषयमा छलफल भएको थियो ।

भेटमा उपप्रधानमन्त्री सिंहले काठमाडौं उपत्यकामा विश्व बैंकको सहकार्यमा मन्त्रालयले काम गर्न चाहेको भन्दै सहकार्यका लागि आग्रह गरेका थिए । ‘विश्व बैंकले काठमाडौं उपत्यकामा पनि यसपटक कुनै आयोजनामा काम गरोस् । उपत्यकामा काम गर्दा त्यसको सन्देश देशभर जान्छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

काठमाडौं उपत्यकाका नदिनाला व्यवस्थित गर्ने, साँस्कृतिक शहरका रुपमा उपत्यकालाई विकास गर्ने, जलवायु परिवर्तन र पूर्वाधार विकासका क्षेत्रमा सहकार्यका लागि मन्त्री सिंहले जोड दिए । सो क्रममा विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि अपरेसन म्यानेजर प्रिति अरोराले नयाँ प्रोजेक्टमा उपत्यकामा काम गर्ने उपप्रधानमन्त्री सिंहको प्रस्तावमा सकारात्मक रहेको बताए ।

थप समाचारहरु

अर्थ समाज

कोशी सरकारको नीति तथा कार्यक्रम भोलि

३० जेठ, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम जेठ ३१ गते सार्वजनिक गर्ने
समाचार समाज

जाजरकोटमा विवाह गर्न वडाको सिफारिस अनिवार्य !

(रासस)३१ जेठ, जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व