१० पुष २०८२, बिहीबार
अर्थ मुख्‍य समाचार समाचार

कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीले साना लगानीकर्ता मारमा ’

३० भदौ, काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् ।

आइतबार अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो परिपाटीलाई  समितिका सभापतिहरुले बसेर समाधान गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले एक प्रकारको असमझदारी बढेको छ । यसको समाधानका लागि समितिका सभापतिहरुले बसेर समाधान गरौं । क्षेत्रधिकार मिचेर निर्देशन दिने पनि केही अवस्थाहरु आउँछन् । तर संवादको माध्यमबाट यस्ता समस्याहरुलाई हल गर्दै लैजानुपर्दछ । ’

साथै उनले  कम्पनीहरुले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीका कारण साना लगानीकर्ताहरु मारमा पर्ने गरेको बताए । उनले  नियम संशोधन गरेर राजपत्रमा प्रकाशित नगर्दा सर्वसाधारण लगानीकर्ताहरुलाई त्यो जानकारी नहुँदा सूचनाको हकबाट बञ्चित भएको हो कि ? यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने बताए ।

यस्तै  नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सञ्चालनमा नआई आईपीओमा कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले ऐन–कानुनका कारणले राम्रा कम्पनी बजारमा नआएका कारण  बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्न  नहुने बताए ।

उनले  भने, ‘सञ्चालनमा नआई आईपीओमा आउने कम्पनी पनि छन्, ती कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ ? बजारमा अब्बल कम्पनी भित्रिएका छैनन् । हामीले समग्र रूपलाई हेर्नुपर्छ । ऐन–कानुनका कारणले राम्रा कम्पनी नआएका हुन् कि । बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्नु हुन्न । हाम्रा अहिलेका ऐन नियममा कहाँ के के कुरा मिलेको छैन त्यो पनि हेर्नुपर्ने भएको छ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि