९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

अल्पसंख्यक समुदायले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती अन्त्य गर्न कानून संशोधन जरुरी’

३० भदौ, काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापती बिमला सुवेदीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मान्छेहरुले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती रहेको बताएकी छन् ।

आइतबार राजधानीमा आयोजित ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालहरुको सम्बोधनमा सांसदहरुको भूमिका’ सम्बन्धी नीति संवादमा बोल्दै उनले जन्मेदेखी नै सामाजिक सुरक्षा कोषसम्म हरेक कुरामा अल्पसंख्यक समुदायले विभेद भोगिरहेको बताएकी हुन् ।

उनले  भनिन्, ‘जन्मेदेखी मृत्युसम्म नै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका तेस्रो लिङ्गीहरुले बिना दोष हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती छ । परिवारदेखी नै  लिएर  समाज, राज्यबाट नै पीडित हुनुपरेको अवस्था छ । जन्मनु त हाम्रो कसैको  दोष होइन, जन्मेदेखि जन्मदर्ता भयो, विवाह दर्ता भयो, अन्तिमसम्म आउँदा सामाजिक सुरक्षा कोषको कुरासम्म आइपुग्दाखेरी हरेक काममा तपाईंहरुले  विभेद भोगिरहनु भएको छ । रोजगारीको  सवालमा पनि  विभेद नै भैइरहेको अवस्था छ ।’

समाजमा चेतनाको विकास भइनसकेका कारण लैंगिक अल्पसंख्यकहरुले समाजमा अपमानित भएर बाच्नुपरेको उनको भनाइ छ ।

त्यस्तै, उनले समाजका सबैभन्दा बुझेका मानिसहरुबाट नै तेस्रो लिङ्गीहरु अपमानित हुनु परेको बताइन् । उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालमा कानूनलाई नै संशोधन गरेर लग्नुपर्ने बताइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि