९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

पूर्वी नवलपरासीका थारु समुदायले जितीया पर्व मनाउँदै

३० भाद्र, काठमाडौं । गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लामा मात्र बसोबास रहेको थरुहट समुदायहरुको पर्व जितीया पर्व हर्सोल्लासले मनाईरहेका छन् । कृष्ण पक्षको सप्तमीदेखि मनाईने यो पर्व असोज ९ गते समापन हुन्छ ।

गण्डकी प्रदेशको एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपरासीको नवलपुरमा कृष्ण पक्षको सप्तमीदेखि मनाईने थारुहरुको जितीया पर्व शुरु भएको हो । धुमधामका साथ मनाइने जितीया पर्व पुरुषहरुले ब्रत बसेर शुरु भएको जितियाको अन्तिम दिन महिलाले ब्रत बसेर अन्त्य हुने गर्दछ ।

भूमिपुत्र तराईबासी थारुका रुपमा रहने गरेका थारुहरु प्राकृतिक पुजारीका रुपमा रहने गरेका छन् । भगवानको नाम लिएर पावन बस्यो भने आफू र आफ्नो परिवारलाई राम्रो हुने विश्वास गरिन्छ ।

पूर्वी नवलपरासीको नवलपुरमा मात्र झण्डै ५५ हजारको संख्यामा थारुहरुको बसोबास रहेको छ । देवचुलीको केउरेनी, दुमकौली, दलदले, कावासोति, मगरकोट डण्डा, अग्यौली, कुमारबर्तीलगयतका स्थानहरुमा भव्यताका साथ महिलाहरुले नाचगान, ब्रत बसेर जितिया पर्व मनाउने गरेको पाईन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि