९ माघ २०८२, शुक्रबार
समाचार समाज

संवैधानिक परिषद्‌ बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल

२८ भदौ, काठमाडौँ ।  प्रधान न्यायाधीश सिफारिसका लागि  बसेको संवैधानिक परिषद बैठकमा नयाँ  प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएपनि नाम भने सिफारिस गरिएन् ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएपनि कुनै निर्णय नभएको संवैधानिक परिषद सदस्य एवम् उपसभामुख इन्दिरा रानामगरले बैठकपछि जानकारी दिनु भयो ।

बैठकमा आज प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भयो । सिनियर बरिष्ठत् न्यायाधीशको बारेमा छलफल भएको छ ।  थप छलफल गरेर परिपक्क निर्णय लिने निश्कर्षमा पुगेका छौ ।  भदौ ३१ गते पुन: बैठक बस्ने छ । आज कुनै निर्णय भएको छैन,” उपसभामुख रानामगरले भन्नु भयो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषद्ले यसअघि नै ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि