९ माघ २०८२, शुक्रबार
समाचार समाज

क्यान पूर्व अध्यक्ष पाण्डे लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित

२८ भदौ, काठमाडौँ । नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले आज एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आयोजना गरेको छ ।

अवार्डको २१औं संस्करणमा मञ्चले २०८० सालमा गरेको प्रदर्शनका आधारमा विभिन्न १० विधामा उत्कृष्ट खेलाडी, खेलकर्मी तथा पत्रकारलाई पुरस्कृत गरेको छ । पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन्।

अवार्ड सहित पलेशाले १ लाख रुपैयाँ प्राप्त गरिन् । वर्ष युवा खेलाडीको अवार्ड भारोत्तोलनका हेमन्त पालले‌ जितेका छन्। १६ वर्षका हेमन्तले भारतको नोयडामा भएको एसियन जुनियर भारोत्तोलन च्याम्पियनसिपमा कास्य पदक जितेका थिए। बर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड करातेका कुशल श्रेष्ठलाई प्रदान गरिएको छ ।

यसैगरी टिम अफ दी इयरको अवार्ड नेपाली राष्ट्रिय महिला कबड्डी टिमलाई प्रदान गरिएको छ । भलिबल प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भएका छन् भने नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि