२४ फाल्गुन २०८२, आईतवार
राजनीति समाचार

विश्वविद्यालयमा राजनैतिक दलको भागबण्डाले अस्तव्यस्त भयो : गगन थापा

२८ भदौ, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले विश्वविद्यालयहरूमा राजनैतिक दलहरूले भागबन्डाका आधारमा गरिने नियुक्ति गुणस्तरीय शिक्षाका लागि बाधक रहेको बताएका छन् ।

रुपन्देहीको शुद्धोदनमा संचालित यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसमा शुक्रवार आयोजित कार्यक्रममा महामन्त्री थापाले राजनैतिक दलको भागबण्डामा नियुक्ति भएर आउनेहरूले विश्वविद्यालयको शिक्षालाई जुन हैसियतमा पुराउनु पर्ने हो त्यो सम्भव नदेखिएको उनको तर्क थियो ।

दलहरुलाई भागबन्डाका आधारमा गरिने नियुक्तिवालाले सोही दलको भावनाअनुसार मात्र काम गर्ने गरेको विगतका उदाहरणले पुष्टि गरेको समेत महामन्त्री थापाले बताए । सरकारले उच्च शिक्षामा लगानी वृद्धि गरी पठन पाठन शैलीलाई सुधार गर्न जरुरी रहेको भन्दै उनले पठनपाठन शैलीमा परिवर्तन गरी शिक्षाका लागि बिदेसिने जमातलाई रोक्न सकिने धारणा राखे ।

शिक्षाका लागि पूर्वाधार माध्यम मात्र भएको भन्दै विद्यार्थीले के सिके र कस्तो सिके भन्ने विषयमा ध्यान दिन जरुरी रहेको समेत औँल्याए ।

शिक्षामा सरकारको लगानी न्यून रहेको भन्दै समुदायले शैक्षिक संस्थाले पुराएको योगदानको सरकारले उच्च सम्मान गर्नुपर्नेमा जोड दिए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रमेश खनालले क्याम्पसले हालसम्म गरेका शैक्षिक उपलब्धी र भावी योजनाका बारेमा प्रकाश पारे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि