९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

छुरा प्रहार गरी झापाको बिर्तामोडमा युवतीको हत्या

२८ भदौ, काठमाडौं  ।   झापाको बिर्तामोडमा छुरा प्रहारबाट एकजना युवतीको मृत्यु भएको छ । छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

उनी इलामको सूर्याेदय नगरपालिका १० फिक्कल घर भई हाल बिर्तामोड नगरपालिका – ५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी छन् । लोहारमाथि कैलाली गौरीगंगा नगरपालिका – ३ निवासी २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । छुरा प्रहार गरेको देखेपछि स्थानीयले युवालाई घेरेपछि भागेको प्रहरीले जनाएको छ ।

छुरा प्रहार गरि भागेका युवालाई अर्जुनधारा–६ बाट बिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि