१७ चैत्र २०८२, मंगलवार
समाचार

कञ्चनपुरको दोदा नदीमा बाढी, धनगढी-बेलौरी सडक अवरुद्ध

२८ भदौ, काठमाडौं  ।  कञ्चनपुरको पुनर्वासस्थित दोदा नदीमा बाढी आउँदा धनगढीबेलौरी हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । बुधबार रातीदेखि परेको अविरल वर्षाले दोदा नदीमा बाढी आउँदा पुनर्वास नगरपालिका-५ मा धनगढी बेलौरी हुलाकी सडकखण्ड अवरुद्ध भएको हो ।

अहिले आवतजावत बन्द गरिएको छ । सडक माथिबाट पानीको बहाब बढिरहेको छ भने पुनर्वास नगरपालिका-५ का सिमरी, रातोताल र पुनर्वास-२ को दशरथबस्ती डुबानमा परेको छ ।

बाढी आउँदा सिमरी र रातोतालका ६०/७० घरपरिवार डुबान र दशरथबस्तीका ६/७ घर डुबान परेको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए । घरभित्र पानी पसेका घरपरिवारहरुलाई नजिकैको विद्यालय र मन्दिरमा राखिएको प्रहरीले जनाएको छ ।

बस्तीमा पानी पस्न थालेपछि सुरक्षित स्थानमा स्थानान्तरणका लागि जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी डुबान क्षेत्रमा खटिएका छन् ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि