२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली नियुक्त

२८ भदौ, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।

उनले भने,‘बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।’ यस्तै, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने ५३.४ मिलियन एस.डि.आर. (करिव ९ अर्व ४५ करोड रुपैंयाँ बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।

उनले भने,‘कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट ‘रिसाइलेन्ट हाइभ्यालु एग्रिकल्चर प्रोग्राम’का लागि प्राप्त हुने ५३.४ मिलियन एसडिआर(करिव नौं अर्व ४५ करोड रुपैंयाँ बरावरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने र वित्तीय सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने पनि निर्णय भएको छ ।’

दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग बिद्युत ट्रान्समिसन तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एसियाली विकास बैंकसमेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिको लागि नेपाल सरकारकोतर्फबाट एसियाली विकास बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने पनि निर्णय सरकारले गरेको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लगायतका आयोजनामा आ.व. २०८१-८२ का लागि २१० अस्थायी दरबन्दी स्वीकृत गर्ने पनि सरकारको निर्णय छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि