९ माघ २०८२, शुक्रबार
पर्यटन मुख्‍य समाचार समाचार समाज

१६ लाख पर्यटक भित्र्याउने प्रतिवद्धता पुरा गर्नेगरी काम भइरहेको छ : विभाग

२८ भदौ, काठमाडौं । पर्यटन विभागले सरकारले चालु आर्थिक वर्षभित्रमा १६ लाख पर्यटक भित्र्याउन गरेको प्रतिवद्धता अनुसार काम अगाडि बढाइएको जानकारी दिएको छ ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले सरकारले राखेको लक्ष्य पुरा गर्न आवश्यक पर्ने पूर्वाधार निर्माणदेखि नीति तथा कार्यक्रममा समेत काम गरिरहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पर्यटन विभागका महानिर्देशक नारायण रेग्मीले चालु आर्थिक वर्षमा पर्यटकको औसत बसाई बढाउने, पर्यटकले गर्ने खर्च र पर्यटकको संख्यामा वृद्धि गर्ने, पर्यटकहरुलाई आवश्यक पर्ने सेवा सुविधाहरुका लागि सरकारले गरेका प्रतिवद्धता अनुसार काम गर्न सुझाव संकलनको काम गरिरहेको बताए ।

उनले भने, ‘सरकारले चालु आर्थिक वर्षभित्रमा १६ लाख पर्यटक भित्र्याउने प्रतिवद्धता गरेको छ । । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार, १६औं पञ्चवर्षीय योजना र वार्षिक नीति तथा कार्यक्रममा समेत काम गर्ने योजना बनाएका छौं । नीजि क्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदान प्रसंनीय छ । यही आर्थिक वर्षमा हाम्रा लक्ष्यहरु पर्यटकको औसत बसाई बढाउने, पर्यटकले गर्ने खर्च र पर्यटकको संख्यामा वृद्धि गर्ने, पर्यटकहरुलाई आवश्यक पर्ने सेवा सुविधाहरुका लागि सरकारले गरेका प्रतिवद्धता अनुसार काम गर्नका लागि प्रतिवद्ध छौं ।’

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्वपुर्ण योगदान रहेको उल्लेख गर्दै उनले तीनै तहको सरकारसँग समन्वय र निजी क्षेत्रको सहकायर्मा पर्यटन विभागले काम गर्ने प्रतिवद्धता जनाए ।

पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउँदै रेग्मी त्यसैका लागि सुझाव संकलन गर्न पत्रकार सम्मेलन गरेको बताएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि