२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

आफूले गरेको कामको प्रचार गर्न गगन थापाको निर्देशन

२७ भदौ,काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको जनप्रतिनिधिहरूलाई आफूले गरेको कामको प्रचार गर्न निर्देशन दिएका छन् ।

पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै धेरै राम्रो काम गरे पनि स्थापित गर्न नसकेको बताए ।

उनले भने, ‘हाम्रो साथीहरूले स्थानीय तहमा धेरै काम गर्नुभएको छ । तर, हामीले आफूले गरेको कामको प्रचार गर्न नजानेको कारणले आफूले गरेको कामलाई स्थापित गर्न सकेका छैनौँ । त्यसमा पार्टीले पनि केही कुरा सच्याउनुपर्छ । वडाध्यक्षले गरेको कामको प्रचार त्यहीको साथीहरूले गर्नुपर्छ ।

उनले आगामी स्थानीय तहको उपनिर्वाचनमा ३४ मध्ये २१ काँग्रेसले जितेको ठाउँमा हुन लागेको भन्दै त्यतातर्फ लाग्न आग्रह गरे। पहिले जितेको ठाउँलाई फर्काउँदै थप गर्नुपर्ने बताए ।

उनले एमालेसँग भएको सात बुँदे सहमति कार्यान्वयन गर्दै आवश्यकता अनुसार संविधान संशोधन गर्ने बताए ।

उनले भने, ‘अहिले एमालेका अध्यक्षले सरकारको नेतृत्व गर्नुभएको छ । त्यसपछि हाम्रो पार्टीको सभापतिले गर्नुहुन्छ । हामी सहमतिअनुसार संविधान संशोधन गछौँ ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि