१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार

लागूऔषध बिक्री वितरण गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार पक्राउ

२७ भदौ,  काठमाडौं । प्रनितिधि सभाका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका छन् । दिया फार्मेसीको सञ्चालकसमेत रहेका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार पक्राउ गरेको हो ।

यसअघि लागुऔषधसहित पक्राउ परेका व्यक्ति वयानका क्रममा ढाकाकुमारको फार्मेसीबाट खरिद गरेको बताएपछि प्रहरीले ढाकाकुमारलाई पक्राउ गरेको हो ।यसअघि साउन ३ गते प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भइ पोखरा बस्ने ४२ वर्षीय प्रकाश मगरलाई लागुऔषधसहित पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा प्रकाशले लागुऔषध ढाकाकुमारको फार्मेसिबाट खरिद गरेको वयान दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि