२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउनुपर्छ : मन्त्री भण्डारी

२७ भदौ, काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको बताएका छन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको ६२ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले साल्ट ट्रेडिङ्गलाई अझ व्यवसायिक र उन्नत बनाउन आवश्यक रहेको भन्दै कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा रहेका भन्दै मन्त्रालयले त्यसको नियमन अनुगमन गरिरहेको बताए ।

उनले भने,‘अहिलको बजारमा व्यवसायिकतमा कसरी साल्ट ट्रेडिङ्गलाई अझ उन्नत बनाउने भन्ने सोच्न आवश्यक छ । अत्यावश्यक वस्तु, गुणस्तरीय वस्तु आज कतिपय मिसावट खाद्य वस्तुहरु पनि बजारमा छन् । त्यसको पनि नियमन या हामीले अनुगमन गरिरहेका छौं ।’

उनले साल्टलाई साल्टमा मात्रै सिमित नराखी साल्ट ट्रेडिङ्ग कर्पोरेशन भन्ने वित्तिकै विश्वासिलो, अभावको अन्त्य गर्ने चाँडै उपलब्ध गर्न सकिने गरी कार्ययोजना बनाउन आवश्यक आवश्यक रहेको बताए ।

उनले भने,‘आयोजकलाई भन्न चाहन्छु यसलाई साल्टमा मात्रै सिमित नराख्नुहोला साल्ट ट्रेडिङ्ग कर्पोरेशन भन्ने वित्तिकै विश्वासिलो,अभावको अन्त्य गर्ने चाँडै उपलब्ध गर्न सकिने यसको कार्ययोजना बनाउन आवश्यक छ । जुन ठोस कार्ययोजनालाई सरकारले पनि धन्यवाद दिन सकोस् ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि