२४ फाल्गुन २०८२, आईतवार
मुख्‍य समाचार राजनीति समाचार

उपसभामुखलाई पदबाट हटाउने कदम घातक हुने रास्वपाको चेतावनी

२७ भाद्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ । सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्तागठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको बताउनुभयो । यस बिषयमा सत्तापक्षका नेताहरुको पनि ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो । पोखरामा आफुलाई देखाइएको कालोझण्डा सहकारी पिडितको पिडा रहेको भन्दै खुल्ला रुपमा छलफल गर्न आफु तयार रहेको उहाले बताउनुभयो ।

त्यस्तै रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघि लेखिएको पत्रलाई लिएर उपसभामुखलाई हटाउने खोज्नु राजनीतिक दाउपेच मात्र भएको बताउनुभयो । उहाले संवैधानिक परिषदलाई आफ्नो अनुकुल बनाउनका लागि सत्तागठबन्धनले उपसभामुख हटाउन खोजेको जिकिर गर्नुभयो । उपसभामुखका बिषयमा कुनै औपचारिक कदम नचालिएकाले पर्ख र हेरको अवस्थामा पार्टी रहेको उहाँको भनाइ थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि