९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलियाको सिड्नीमा मृत अवस्थामा भेटिईन् नेपाली यूवती

२६ भाद्र, काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट्रल क्षेत्रमा रहेको एक पार्कमा नेपाली युवती मृत अवस्थामा फेला परेकी छिन्। गएराति प्रहरीले उनीमाथि अनुसन्धान गर्दा सेन्ट्रल पार्कमा उनको मृत शरीर फेला परेको हो। अस्ट्रेलियास्थित नेपाली दूतावासले समेत घटनाको पुष्टि गरेको छ। कार्यवाहक राजदूत कुलराज मगरले युवतीको मृत्युको बारेमा जानकारी आएको बताए। त्यस्तै, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले झापा घर भएकी २७ वर्षीया नेपाली युवतीको मृत्यु भएको पुष्टि गर्दै, मृतकको परिवारलाई आवश्यक सहयोग पुर्याइरहेको जानकारी दिए।

मृतक युवतीको नाम र अन्य व्यक्तिगत विवरण गोपनीयताका कारण सार्वजनिक नगरिएको छ। उनी विवाह पश्चात् करिब ४ महिनाअघि मात्र अस्ट्रेलिया पुगेकी थिइन्। नेपालस्थित परिवारले एनआरएनएलाई सत्यतथ्य छानबिन गर्न सहयोग गर्न आग्रह गरेको छ। न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत सञ्जीव शर्माका अनुसार, स्थानीय प्रहरीले घटनाको गम्भीर अनुसन्धान गरिरहेको छ। घटनाको वास्तविक कारण अझै प्रष्ट हुन सकेको छैन। शर्माले यस दुःखद घटनामा परिवारलाई सहयोग पुर्याउन दूतावास, वाणिज्यदूतावास लगायतका संघसंस्थाहरू तयार रहेको जानकारी दिए।

करिब एक साताअघि मात्र सिड्नीमा एक नेपाली युवक मृत भेटिएका थिए। उनको शव एनआरएनए लगायतका संघसंस्थाहरूको सहयोगमा नेपाल पठाइएको थियो।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि