२६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ३३ रोपनीभन्दा धेरै जग्गा अतिक्रमणबाट मुक्त गरेको छ ।
महानगरको वार्षिक समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार व्यक्तिले कब्जा गरेका ३३ रोपनीभन्दा धेरै सार्वजनिक जग्गालाई अतिक्रमण मुक्त गराएर महानगर मातहत ल्याइएको दाबी गरेको हो ।यस्तै काठमाडौं महानगरपालिकाले ५० वटा स्वास्थ्य संस्थाहरूको अस्पतालजन्य फोहोर व्यवस्थापन कार्यको अनुगमन गरी २० वटा स्वास्थ्य संस्थाहरूलाई सुधारको मौका दिएर कारबाहीको दायरामा ल्याएको छ ।







