९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी एक महिलाको मृत्यु

२६ भाद्र, काठमाडौँ । मंगलबार बिहान बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका – ८ मा भएको जिप दुर्घटनामा घाइते भएकी सुर्नया गाउँपालिका–८ की १८ वर्षीया सविना महराको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश ०१००ज १३५४ नम्बरको जिप मंगलबार दुर्घटनामा परेर गम्भीर घाइते भएकी महराको धनगढीमा उपचारकै क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन । जिप दुर्घटना परी घाइते भएका अन्य चार जना उपचारपछि घर फर्किएका छन्।

अन्य घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–७ का लालबहादुर कुँवर, सुर्नया–८ का २१ वर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ वर्षीय मानबहादुर महरा र ४० वर्षीय धनबहादुर महरा रहेका छन । उनीहरु डडेल्धुरामा उपचार भएपछि घर फर्किएका हुन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि