२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार समाचार

धनगढीमा सांस्कृतिक महोत्सव हुने

२५ भाद्र, धनगढी । कैलालीको धनगढीमा सांस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशको आयोजना असोज ३ गतेदेखि महोत्सव आयोजना हुने भएको हो ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले असोज ३ गतेदेखि ८ गतेसम्म धनगढीको खुला मञ्च महोत्सव आयोजना गरिने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निलगगन सिंहले महोत्सवमा ख्याति प्राप्त कलाकारकारको उल्लेख्य उपस्थिति रहने बताए ।

महोत्सवबाट संकलित रकमबाट राष्ट्रिय संगीत कर्मी गोपाल सुचिकारका छोराको उपचारमा सहयोग गरिने जनाइएको छ । महोत्सवमा प्रवेशका लागि एक सय टिकट मूल्य तोकिएको छ भने विद्यार्थीलाई ५० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि