९ माघ २०८२, शुक्रबार
समाचार समाज

पहिरोको कारण नागढुङ्गा- नौबिसे सडक खण्ड अवरुद्ध

२४ भाद्र, काठमाडौँ । पहिरोका कारण नागढुङ्गा नौबिसे सडक खण्ड अवरुद्ध भएको छ ।

आज दिनभर  परेको अविरल वर्षाले गर्दा वर्षासंगै बगेर आएको लोदो सहितको गेग्य्रान र पहिरोका कारण राजधानी काठमाण्डु प्रवेश गर्ने मुख्य राजमार्ग त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको हो ।

अवरुद्ध सडक खुलाउन पाँचदेखि सात घण्टा लाग्ने अनुमान गरिएको छ  । गेग्य्रानका कारण मुग्लिन तर्फबाट सङ्घीय राजधानी काठमाण्डु प्रवेशका लागि आएको  जीप समेत पहिरो र गेग्य्रानको बीचमा अडकिएको छ ।

अहिले राजधानीबाट बाहिरिने र राजधानी काठमाण्डु प्रवेशका लागी आएको सवारीका साधनहरू सडकमा नै रोकिएका छन् भने पहिरो हटाउने प्रयास जारी रहेको खानीखोला प्रहरीले जनाइएको छ ।  धुनीवेशी नगरपालिका स्थित खत्री पौवा नजिकै सुरूङ्ग मार्गम नजिकै पहिरो खसेको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि