९ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

ब्यूरोक्रेसीले राजनीतिक व्यक्तिलाई आशंका गरे लक्ष्यमा पुगिँदैन : कार्की

२४ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले ब्यूरोक्रेसीले(कर्मचारी) राजनीतिक व्यक्तित्वलाई आशंका गरे कहिल्यै लक्ष्यमा पुग्न नसकिने बताएका छन् । सोमबार अर्थ  समितिको बैठकमा बोल्दै नेता कार्कीले राजनीतिक व्यक्तित्वले पनि  ब्यूरोक्रेसीलाई आशंका गर्न नहुने बताए ।

उनले भने, ‘ब्यूरोक्रेसीले राजनीतिक व्यक्तित्वलाई आशंका गर्ने, राजनीतिक व्यक्तित्वले ब्यूरोक्रेसीलाई आशंका गर्यो भने लक्ष्यमा पुग्न सक्दैनौं । त्यसैले हामी एकजुट भएर हिड्नुपर्छ । हरेक अर्थमन्त्री आउँदा नीति बदल्ने छुट दिनुहुँदैन ।’

साथै उनले राष्ट्र बैंक भनेको नेपालको अर्थतन्त्रको आर्थिक सल्लाहकार भएको बताए । उनले राष्ट्र बैंकले निर्माण गर्ने कार्यविधिमा अर्थ मन्त्रालयको परामर्श हुनुपर्ने  बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि